Logo

अर्थ

तोलामा २४ सयले घट्यो सुन, चाँदी स्थिर



काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ । आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी ४ हजार ९ सय ६५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार ११:३२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।