Logo

प्रमुख समाचार

चीनतर्फ उद्धार कार्य स्थगित



एजेन्सी । तिब्बतको सीमा क्षेत्रमा आएको विनाशकारी पहिरोमा परी सयौँ मानिस अझै बेपत्ता भइरहेका बेला बाढीको पुनः जोखिम बढेपछि चीनले उद्धार कार्य स्थगित गरेको छ ।

चीन-नेपाल सीमामा पहिरोपछि थुप्रिएको अत्यधिक भग्नावशेष र लेदोका कारण बनेको ताल भरिएर उद्धार टोलीहरू गइरहेको क्षेत्रतर्फ पानी बग्न थालेको चिनियाँ सरकारी प्रसारक संस्था सीसीटीभीले जनाएको छ ।

‘सबै उद्धार टोलीहरूलाई सुरक्षित स्थानमा तयारी अवस्थामा (स्ट्यान्डबाई) रहन र थप निर्देशनको प्रतीक्षा गर्न आदेश दिइएको छ,’ सीसीटीभीले भनेको छ ।

यसअघि उक्त क्षेत्रमा पुगेका आपत्कालीन टोलीहरूलाई ‘एक किलोमिटर पछि हट्न आदेश दिइएको छ,’ सीसीटीभीले थप जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०८३, शुक्रबार १२:१२   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।