एजेन्सी । दक्षिण–पश्चिम चीनको सिचुआन प्रान्तमा शुक्रबार ५.१ म्याग्निच्युडको भूकम्प गएको छ।
चाइना अर्थक्वेक नेटवर्क सेन्टर (सीईएनसी) का अनुसार लोङचाङ सहर आसपास केन्द्रबिन्दु बनाएर स्थानीय समयअनुसार शुक्रबार दिउँसो १ः१३ बजे भूकम्प गएको हो।
सीईएनसीका अनुसार भूकम्पको केन्द्रबिन्दु २९.२३ डिग्री उत्तरी अक्षांश र १०५.२२ डिग्री पूर्वी देशान्तरमा रहेको थियो। भूकम्प जमिनको सतहबाट करिब १३ किलोमिटर गहिराइमा गएको जनाइएको छ।
















प्रतिक्रिया