काठमाडौं । मुलुकका विभिन्न स्थानमा बाढी, पहिरो तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले नेपालको अग्रणी तथा प्रतिष्ठित व्यावसायिक घराना त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ ।
त्रिवेणी समूहका अध्यक्ष सुभाष चन्द्र संघईले आज आयोजित एक कार्यक्रममा उक्त रकम बराबरको चेक माननिय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण कार्यक्रममा त्रिवेणी समूहका निर्देशकहरू गोविन्दलाल संघई, हर्षवर्धन संघई तथा
साकेत संघईको समेत उपस्थिति रहेको थियो ।
हालैका बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा जनधनको ठूलो क्षति भएको अवस्थामा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै त्रिवेणी समूहले प्रधानमन्त्री दैवी प्रकोप
उद्धार कोष मार्फत सहयोग उपलब्ध गराएको जनाएको छ । प्राकृतिक विपद्को यस चुनौतीपूर्ण समयमा त्रिवेणी समूहको उक्त सहयोगले प्रभावित नागरिकहरूकोराहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास गरिएको छ ।
त्रिवेणी समूहले संकटको समयमा राष्ट्र र नेपाली जनताको साथमा दृढतापूर्वक उभिने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दै भविष्यमा पनि देशले कुनै अप्रत्याशित चुनौतीको सामना गर्नुपरेमा आवश्यक सहयोग तथा मानवीय सहकार्यका लागि निरन्तर योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।
















प्रतिक्रिया