काठमाडौं । अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता प्रदान गर्ने घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले आइतबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो ।
मन्त्रालयले घोषणा गरेको उक्त सहायताअन्तर्गत बाढीबाट प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्मका लागि आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ ।
यसैगरी, मन्त्रालयले अमेरिकी नागरिकहरूको सुरक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको उल्लेख गरेको छ ।
















प्रतिक्रिया