Logo

अर्थ

एकैदिन तोलामा साढे ९ हजार घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आइतबार एकैदिन सुनको मूल्य तोलामा ९ हजार ५ सय रुपैयाँ घटेको छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी आज तोलामा १८५ रुपैयाँ घटेको छ । शुक्रबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार ११:१७   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।