काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहतका लागि १ हजार २ सय ५० थान भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने भएको छ ।
संघ अध्यक्ष दिवानबहादुर चन्दले उक्त सहयोगको प्रतिबद्धता जनाएका हुन् ।
गत भदौ १० गते बुधबार बिहानको बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले यो सहयोग नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ ।
विपद् कसैको एक्लो समस्या नभई सबैको साझा जिम्मेवारी भएको महसुस गर्दै प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइ मध्यनजर गरी संघले यो सहयोगको हात बढाएको उनले बताए ।
संघले उपलब्ध गराउने १ हजार २ सय ५० थान एलपी ग्यासका भरी सिलिन्डर नेपाल आयल निगममार्फत लक्षित वर्गमा पुग्ने गरी वितरण गरिने छ ।
















प्रतिक्रिया