Logo

अर्थ

सन्दीप लामिछानेले एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने



काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढी प्रभावितका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।

सन्दीपले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक १ लाख २० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने जानकारी दिएका हुन् ।

एसीसी प्रिमियर कप खेल्न मलेसियामा रहेको नेपाली टोलीका कप्तान सन्दीपले सामाजिक सञ्जालमार्फत आफूहरू देशबाट टाढा भए पनि मन भने नेपालमै रहेको उल्लेख गरेका छन् ।

उनले कठिन घडीमा बाढी प्रभावित नागरिकप्रति गहिरो सहानुभूति व्यक्त गर्दै प्रतियोगिताभर नेपालको प्रदर्शनलाई प्रभावित नेपालीका लागि समर्पित गर्ने बताएका छन् ।

यस्तै, एसीसी प्रिमियर कपभरि नेपालले लिने हरेक विकेटका लागि १ हजार ५०० रुपैयाँ र प्रहार गर्ने हरेक चौका तथा छक्काका लागि १ हजार ५०० रुपैयाँ बाढी प्रभावित बालबालिकाका लागि शैक्षिक सामग्री उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आईतवार १५:१३   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।