काठमाडौं । त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि खटिएको टोली सुरुङभित्र प्रवेश गर्न सफल भएको छ । उद्धार टोलीले सुरुङको क्राउन हेडतर्फ प्वाल बनाएर भित्र प्रवेश गरेको हो ।
उद्धारमा संलग्न अधिकारीहरूका अनुसार करिब २ फिट चौडाइ र ३ फिट लम्बाइको प्वाल बनाएपछि उद्धारकर्मीहरू डोरीको सहायताले सुरुङको तल्लो भागसम्म पुगेका थिए । त्यस क्रममा उद्धारकर्मीहरूले सुरुङभित्र बारम्बार आवाज दिएर फसेका व्यक्तिहरूलाई बोलाएका थिए ।
तर, लामो समयसम्म आवाज दिँदा पनि सुरुङभित्रबाट कुनै प्रतिक्रिया नआएको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन् ।
‘हामीले भित्र गएर पटक–पटक आवाज दियौं, बोलायौं । तर अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन,’ उद्धारमा संलग्न एक अधिकारीले बताए ।
सुरुङभित्र फसेकाहरूको अवस्था यकिन हुन नसकेपछि उद्धार टोलीले प्वाल फराकिलो बनाउने कामलाई तीव्रता दिएको छ । अहिले ब्लास्टिङलगायतका सुरक्षित उपाय अपनाएर प्रवेशद्वार फराकिलो पार्ने प्रयास भइरहेको छ ।
















प्रतिक्रिया