काठमाडौं । कोशी प्रदेशका सचिव कोषहरि निरौलाले सामाजिक सञ्जालमा शव व्यवस्थापनबारे सरकारलाई सुझाव दिएको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे खटाएको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई शव व्यवस्थापनका लागि टिमुरे खटाउने निर्णय गरेको हो ।
निरौलाले शनिबार फेसबुकमा ‘फोकटको सल्लाह’ शीर्षकमा लामो स्टाटस लेख्दै विपद्का बेला शव व्यवस्थापन कसरी गर्ने भन्नेबारे आफ्नो अनुभव र धारणा सार्वजनिक गरेका थिए । कोभिड–१९ को समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारी हुँदा शव व्यवस्थापनमा काम गरेको अनुभवसमेत उनले उल्लेख गरेका थिए ।
उनले शव गाड्नु उपयुक्त नहुने धारणा राख्दै मृतकको धर्म, परम्परा र संस्कारअनुसार अन्तिम संस्कार गर्न पाउने व्यवस्था हुनुपर्ने बताएका थिए ।
‘फोकटको सल्लाह’ भन्दै लेखिएको उक्त स्टाटसमा उनले सरकारलाई शव व्यवस्थापनका लागि विभिन्न सुझाव दिएका थिए । तर, स्टाटस लेखेको भोलिपल्टै उनलाई रसुवाको टिमुरेमा शव व्यवस्थापनको जिम्मेवारी दिएर खटाइएको हो ।
निरौलाले भने उक्त फेसबुक स्टाटस अहिले हटाइसकेका छन् ।
भोटेकोशी बाढीपछि रसुवाको टिमुरेसहित प्रभावित क्षेत्रमा ठूलो संख्यामा शव भेटिने क्रम जारी छ । शव व्यवस्थापन अहिले प्रभावित क्षेत्रको प्रमुख चुनौती बनेको स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले आगामी दिनमा थप शव फेला पर्न सक्ने अवस्था रहेको छ । यही परिस्थितिमा शव व्यवस्थापनका लागि निरौलालाई टिमुरे पठाइएको हो ।
यस्तो थियो निरौलाको स्टाटस :

















प्रतिक्रिया