काठमाडौं । रसुवामा आएको बाढी तथा पहिरोमा परी सम्पर्कविहीन भएका कोशी प्रदेशका विभिन्न जिल्लाका २१ जना सकुशल सम्पर्कमा आएका छन् ।
प्रहरीका अनुसार जलविद्युत् आयोजनाका सुरुङ तथा कार्यस्थलमा फसेका तीन जनाको समेत जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकाहरूलाई सुरक्षित स्थानमा ल्याइएको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परी इलामका एक जनाको मृत्यु भएको पुष्टि भएको छ । घटनामा अझै केही व्यक्ति सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सम्भावित जोखिम क्षेत्रमा उद्धार टोली परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको छ ।
















प्रतिक्रिया