काठमाडाैं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ ।
केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आइतबार २० अर्ब रुपैयाँ बराबरको ३ महिने निक्षेप संकलन उपकरण बोलकबोलमार्फत जारी गर्न लागेको हो । यस उपकरणको अवधि ८६ दिन रहनेछ ।
राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ सिस्टम (ओबीएसएस) मार्फत दिउँसो ३ बजेसम्म बोलकबोलमा सहभागी हुन सक्नेछन् ।
निक्षेप संकलनको ब्याजदर बोलकबोलबाटै निर्धारण हुनेछ ।
















प्रतिक्रिया