Logo

अर्थ

सेयर बजारमा भारी गिरावट, ३ अर्ब ६४ करोडमाथिकाे कारोबार



काठमाडौं । आज साताको पहिलो कारोबार दिन सेयर बजार भारी अंकले घटेको छ । नेप्से परिसूचक ४३.८९ अंकले घटेर २,५१३ को विन्दुमा कायम भएको छ ।

आज १९ कम्पनीको सेयर मूल्य बढेको छ भने २५५ कम्पनीको मूल्य घटेको छ ।

आज ३ अर्ब ६४ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १३.१६ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै मैलुङ खोलाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार १५:१५   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।