काठमाडौं । पतञ्जली नेपालले रसुवाको भोटेकोशी बाढीबाट प्रभावितका लागि २ करोड ११ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध गराएको छ।
पतञ्जली नेपालको तर्फबाट डा. पवमान सुवेदी, युवराज सुवेदी र ओम बंसलले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।
गत १० भदौमा आएको विनाशकारी बाढीका कारण रसुवासहित विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीमा सयौंको मृत्यु भएको तथा हजारौं बेपत्ता भएको जनाइएको छ।
बाढीले मुख्य सहर, बस्ती तथा राजमार्गमा समेत ठूलो क्षति पुर्याएको छ।
















प्रतिक्रिया