Logo

समाचार

समानान्तर ग्रुपद्वारा बाढी पीडितका लागि ६३ लाख सहयोग



काठमाडौं  । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि समानान्तर निर्माण सेवा प्रालि र त्यहाँ कार्यरत कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६३ लाख ३७ हजार ३७८ रुपैयाँ सहयोग गरेका छन्।

कम्पनीका तर्फबाट ५१ लाख ५१ हजार ५१५ रुपैयाँ र कर्मचारीले स्वेच्छिक रूपमा पाँच दिनको तलबबाट ११ लाख ८५ हजार ८६३ रुपैयाँ सहयोग गरेका हुन्।

समानान्तर निर्माण सेवा प्रालिका अध्यक्ष अच्युतप्रसाद खरेलले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सहयोग रकम हस्तान्तरण गरेका हुन्। उनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

भोटेकोशी नदीमा आएको बाढीबाट रसुवामा ठूलो क्षति पुगेपछि प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।

 

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार २०:१०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।