काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणका लागि ७० लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ५० लाख रुपैयाँ र कर्मचारीको तर्फबाट २० लाख रुपैयाँ गरी कुल ७० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको हो ।
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्नु आफ्नो सामाजिक दायित्व भएको जनाएको छ ।
















प्रतिक्रिया