Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा विपद् राहत कोषमा १ करोड ५१ लाख सहयोग



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बाढीपहिरो प्रभावितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले हालैको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरेको हो।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवालगायतका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाको काम अघि बढाइरहेको छ।

सिटिजन लाइफले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्का बेला प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ। कम्पनीले नेपालमा जीवन बिमा सेवा प्रदान गर्दै आएको छ।

सरकारले पनि बाढीपहिरो प्रभावितको तत्काल राहत, उद्धार र दीर्घकालीन पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार २१:१०   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।