काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५०० रुपैयाँ र चाँदी तोलाको १५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले छ ।
सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
















प्रतिक्रिया