Logo

अर्थ

विपद्‍मा शंकर ग्रुपको ४ करोड सहयोग



काठमाडौं । देशमा आइपरेको पछिल्लो प्राकृतिक विपद्‍बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि शंकर ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ ।

शंकर ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषका लागि उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

नगद सहयोगका अतिरिक्त ग्रुपले विपद्को तेस्रो दिनमै गृह मन्त्रालयको समन्वयमा रूपन्देहीका प्रमुख जिल्ला अधिकारीमार्फत विस्थापित परिवारका लागि २५ लाख रुपैयाँ बराबरको २ हजार ५ सय थान टार्पोलिन टेन्टसमेत उपलब्ध गराइसकेको जनाएको छ ।

विपद्‍मा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै ग्रुपले उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्वयंसेवक तथा सरकारी संयन्त्रप्रति आभार प्रकट गरेको छ ।

राष्ट्रिय संकटको घडीमा सरकार र नागरिकसँग काँधमा काँध मिलाएर उभिनु आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व रहेको भन्दै शंकर ग्रुपले यस्ता विपद्‍मा आगामी दिनमा पनि निरन्तर साथ दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार ११:४६   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।