काठमाडौं । लगातार घटिरहेको बजार आज बढेको छ । नेप्से परिसूचक ९.२४ अंकले बढेर २,५२२ को विन्दुमा कायम भएको छ ।
आज १८२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको मूल्य घटेको छ ।
आज २ अर्ब ९० करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोलु हाइड्रोको सेयर कारोबार भएको छ । यस कम्पनीको १३ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको १३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७.१५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै उपकार लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४८ प्रतिशतका दरले गुमाएका हुन् ।
















प्रतिक्रिया