काठमाडौँ । रसुवामा आएको विनासकारी बाढीले मच्चाएको बितण्डाको सातौँ दिनपछि आज घटनाको कारणबारे नयाँ खुलासा भएको छ ।
नेपालमा आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति र अलपत्र परेकाहरुको उद्दारमा सरकारको लाचारीमाथि जन आक्रोश बढिरहेको बेला चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको जिकिर गरेको छ। यसले बालेन सरकारको अटेरी र गैर जिम्मेवारी पनको पराकाष्ठालाई उदांगो पारेको छ ।
बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्व सूचनानदिएको भन्दै चीनको आलोचना भइरहेका बेला बेइजिङले यस्तो सनसनीपूर्ण खुलासा गरेको हो । चीनका अनुसार उसको ‘वर्ल्ड मेट्रोलोजिकल सेन्टर’ले विपत्ति आउनुभन्दा १२ दिनअघि नै नेपाललाई इमेलमार्फत सम्भावित जोखिमबारे सचेत गराएको थियो ।
उक्त इमेलमा भारी वर्षा, भूक्षय र आकस्मिक बाढी (फ्ल्यास फ्लड) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन भनिएको थियो । तर, बालेन्द्र साह नेतृत्वको सरकारले भने चिनको अलर्टलाई बेवास्ता गर्दै नागरिकको ज्यान जोखिममा पारेको चीनको दावी छ ।
पछिल्लो तथ्याङ्कअनुसार रसुवाको भोटेकोशीमा आएको विनाशकारी विपत्तिमा परी हालसम्म ९५५ जनाले ज्यान गुमाइसकेका छन्। विपत्तिका कारण बेपत्ता हुनेहरूको सङ्ख्या अझै डरलाग्दो र भयावह छ । हजारौं मानिसहरू सम्पर्कविहीन रहेका छन्, आफन्त खोजिदिन सयौँ परिवार हारगुहार गरिरहेका छन् । सातौँ दिनसम्म पनि सरकारले परिवारको पिडामा मल्हम लगाउनसम्म सकेको छैन। जसले गर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्काले जनमानस झनै त्रसित बनेको छ।
















प्रतिक्रिया