काठमाडौं। भोटेकोशी-त्रिशुली बाढीबाट पीडितको उद्धार, राहत तथा पुनःर्स्थापना कार्यमा सघाउ पुर्याउने उद्देश्यले जगदम्बा इन्टरप्राइजेजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ।
जगदम्बा इन्टरप्राइजेजका निर्देशक अनिल रुङ्गटाले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
जगदम्बाले बाढी प्रभावित क्षेत्रमा पछि हुने पुनःर्स्थापना तथा पूनर्निर्माण कार्यमा आफ्ना उद्योगबाट उत्पादित निर्माण सामग्रीहरु छुटमा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ।
उद्योगको सामाजिक उत्तरदायित्व अन्तर्गत राहत, उद्धार तथा मानवीय सेवाको क्षेत्रमा गरिएको यो सहयोगले विपद् प्रभावितमा मलहमको काम गर्ने विश्वास रहेको निर्देशक रुङ्गटाले बताए।
















प्रतिक्रिया