Logo

अर्थ

भोटेकोशी बाढी पीडितलाई एभरेष्ट बैंक र कर्मचारीको तर्फबाट तीन करोड ११ लाख सहयोग



काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ५१ लाख रुपैयाँ र कर्मचारीबाट संकलित ६० लाख ५४ हजार रुपैयाँ गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा कुल ३ करोड ११ लाख रुपैयाँभन्दा बढी नगद सहयोग गरेको जनाएको छ।

नगद सहयोगसँगै बैंकका कर्मचारीले संकलन गरेका अत्यावश्यक राहत सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाउन सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार तथा राहत कार्यमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरेको छ।

 

प्रकाशित मिति : १६ भाद्र २०८३, मंगलवार २१:२८   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।