Logo

प्रमुख समाचार

विज्ञ टोलीसहित रसुवा पुगे गगन थापा



काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित भोटेकोशी बाढीबाट प्रभावित रसुवा पुगेका छन् ।

सभापति थापा शुक्रबार बिहान रसुवाको नौकुण्ड गाउँपालिका–३ स्थित घिचेत क्षेत्रमा पुगेर बाढीले पुर्‍याएको मानवीय, भौतिक तथा आर्थिक क्षतिको स्थलगत अवस्था बुझ्न थालेका हुन् ।

उनको सचिवालयकाअनुसार थापासँग विभिन्न क्षेत्रका विज्ञसमेत सहभागी छन्। टोलीले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालासँग बाढीपछिको अवस्था, तत्कालीन आवश्यकता र पुनर्निर्माणका चुनौतीबारे जानकारी लिनेछ ।

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवासहित नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । सडक, पुल, जलविद्युत् आयोजना, निजी घर तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्निर्माणको काम जारी छ ।

थापाले यसअघि भदौ १५ गते नुवाकोटको विदुर नगरपालिका–३ स्थित बाढी प्रभावित क्षेत्रमा समेत पुगेर स्थलगत निरीक्षण गरेका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार ११:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।