काठमाडौं । बर्जर पेन्ट्स नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विपद्को कठिन परिस्थितिमा देश र जनताको साथमा उभिनु दायित्व रहेको बताउँदै बर्जरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम सहयोग प्रदान गरेको हो । कम्पनीको एक टोलीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई रकम हस्तान्तरण गरेको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रमा राहत तथा पुनस्र्थापनाका लागि केही सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ ।
२५ वर्षदेखि विश्वास र गुणस्तरको पर्याय बन्दै आएको बर्जर पेन्ट्स नेपालले सबैको साझा प्रयास र सहयोगबाट मात्र कठिन परिस्थितिबाट छिट्टै उठ्न सकिने उल्लेख गर्दै समृद्ध नेपाल निर्माणको यात्रामा सधै प्रतिबद्ध रहने जनाएको छ ।
















प्रतिक्रिया