Logo

विविध

बाढीका बेला नुवाकोट कारागारका कैदीद्वारा सुरक्षाकर्मीमाथि आक्रमण



काठमाडौं । नुवाकोटस्थित केन्द्रीय कारागारमा भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीका क्रममा कैदीबन्दीले सुरक्षाकर्मीमाथि आक्रमण गरेका छन्।

बाढीका कारण कारागारको संरचनामा क्षति पुगेपछि सुरक्षाकर्मीले ९ सय २३ जना कैदीबन्दीलाई सुरक्षित स्थानमा सारेका थिए। सोही क्रममा करिब ५० जना कैदीबन्दीले कारागारको पर्खाल र गेट तोडेर करिब १ सय मिटर टाढासम्म भागेका थिए।

भागेका कैदीबन्दीलाई नियन्त्रणमा लिने क्रममा केहीले सुरक्षाकर्मीमाथि आक्रमण गरेका थिए। आक्रमणमा केही सुरक्षाकर्मी घाइते भएका छन्।

बाढीले कारागार परिसरमा क्षति पुर्‍याएपछि कैदीबन्दीको सुरक्षा तथा व्यवस्थापनमा समेत चुनौती थपिएको थियो।

प्रकाशित मिति : २१ भाद्र २०८३, आईतवार २१:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।