Logo

अर्थ

नेप्सेमा प्राइम बैंकको ऋणपत्र सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ ।

प्राइम बैंक ‘प्राइम बैंक डिबेन्चर–२०९३’ सूचीकृत भएको हो । यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएको छ ।

भोलि सार्वजनिक बिदा परेकोले अब ऋणपत्रका इकाइहरु पर्सि बुधबारबाट कारोबारमा आउनेछ । यो १० वर्षे अवधिको ऋणपत्र हो ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १४:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।