Logo

प्रमुख समाचार

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको १ करोड सहयोग



काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–रसुवा बाढी तथा पहिरोबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गरेको छ ।

कांग्रेसले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर प्रधानमन्त्री राहत कोषका लागि १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको हो । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीका तर्फबाट अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण गरे ।

चेक हस्तान्तरण कार्यक्रममा कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठलगायत नेताहरूको सहभागिता थियो ।

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले प्रधानमन्त्री राहत कोषमार्फत सहयोग जुटाउँदै आएको छ ।

कांग्रेसले विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पार्टीका तर्फबाट उक्त रकम उपलब्ध गराएको जनाएको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण र विस्थापित परिवारको पुनःस्थापनाको आवश्यकता बढ्दै गएको छ । यस्तो अवस्थामा राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न संघसंस्थाले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम जारी छ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार १५:१६   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।