काठमाडौं । चिलिमे आयोजनास्थलमा सुरुङभित्र फसेका ६ जनाको उद्धारका लागि पहुँचमार्ग खुलाउने, आवश्यक उपकरण व्यवस्थापन गर्ने तथा उद्धार टोलीलाई तयारी अवस्थामा राख्ने काम तीव्र पारिएको छ।
उद्धारमा संलग्न इन्जिनियर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका अनुसार आज र भोलिदेखि थप उद्धार कार्य अघि बढाइनेछ। सुरुङभित्र रहेका ६ जनालाई तीन दिनभित्र सकुशल उद्धार गर्ने लक्ष्य राखिएको उनले बताएका छन्।
उनका अनुसार आयोजनास्थलसम्म पुग्ने अवरुद्ध पहुँचमार्ग खुलाउने कामसँगै उद्धारका लागि आवश्यक उपकरण तथा प्राविधिक जनशक्ति व्यवस्थापन भइरहेको छ। उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायबीच आवश्यक समन्वय र निर्देशन पनि निरन्तर भइरहेको छ।
‘चिलिमे आयोजनास्थलमा अवरुद्ध पहुँचमार्ग खुलाउने, आवश्यक उपकरण व्यवस्थापन र उद्धारको तयारी भइरहेको छ। आज र भोलिदेखि सुरु हुने थप उद्धार कार्यबाट तीन दिनभित्र सुरुङभित्र रहेका ६ जनालाई सकुशल उद्धार गर्ने लक्ष्य राखिएको छ,’ उनले भने।
उनका अनुसार उद्धार अभियानमा आवश्यक समन्वय र निर्देशनका लागि आफू र ‘सागरजी’ आलोपालो काठमाडौं तथा घटनास्थलमा रहेर काम गरिरहेका छन्।
सुरुङभित्रको अवस्थालाई ध्यानमा राख्दै उपलब्ध स्रोत–साधन परिचालन गरेर उद्धारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।
बाढी तथा पहिरोका कारण आयोजनास्थलसम्मको पहुँच प्रभावित भएपछि उद्धार कार्यमा चुनौती थपिएको छ। त्यसका बाबजुद बाटो खुलाउने र आवश्यक उपकरण घटनास्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको छ।
















प्रतिक्रिया