Logo

अर्थ

नेपाल टेलिकमका कर्मचारीहरूको तर्फबाट २ करोडभन्दा बढी सहयोग



काठमाडौँ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल टेलिकमका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट २ करोड २ लाख २६ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको छ ।

भदौ २२ गते प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले उक्त रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिन् । नेपाल टेलिकमले संस्थागत रूपमा समेत केही दिनभित्रै थप सहयोग गर्नेछ ।

प्रकाशित मिति : २२ भाद्र २०८३, सोमबार २१:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।