Logo

राजनीति

जेनजी दिवस मनाइँदै, सम्बोधन भयो सडकको असन्तोष?



काठमाडौं  । सुशासन र भ्रष्टाचार नियन्त्रणको माग गर्दै युवा पुस्ताले सुरु गरेको जेनजी आन्दोलन हिंसात्मक बनेको आज एक वर्ष पूरा भएको छ। आन्दोलनका क्रममा ७२ जनाले गोली लागेर ज्यान गुमाएका थिए।

आन्दोलनको स्मरणमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन क्रमशः भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवाको कमजोरी र राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टिविरुद्ध केन्द्रित भएको थियो।

आन्दोलन हिंसामा परिणत हुँदा सरकारी संरचना, नेताका निवास, उद्योग–व्यवसायका प्रतिष्ठानदेखि सर्वोच्च अदालतसम्ममा तोडफोड र आगजनी भएको थियो।

आन्दोलनपछि मुलुकको राजनीतिक समीकरणसमेत फेरियो। सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गराएपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सत्तामा पुगेको छ।

तर आन्दोलनले उठाएका सुशासन, भ्रष्टाचार नियन्त्रण र जवाफदेहिताका मुख्य सवालमा भने एक वर्षपछि पनि अपेक्षित उपलब्धि देखिएको छैन।

 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार ०७:४२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।