काठमाडौं । मंगलबार सुनको मूल्य तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख १ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ६९० रुपैयाँ रहेको चाँदी आज ४ हजार ७९० रुपैयाँ कायम भएको छ ।
















प्रतिक्रिया