Logo

समाचार

कास्कीमा पहिरोले खोला थुनियो



कास्की ।कास्कीको किम्रुङ खोलामा पहिरो खसेपछि मंगलबार साँझ खोला थुनिएको छ। खोला थुनिएसँगै पानीको बहाव बढ्न सक्ने र आसपासका बस्तीमा जोखिम हुन सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्राप्त सूचनाका आधारमा नेपाल बाढी सूचना केन्द्रले मंगलबार साँझ ८ः४० बजे किम्रुङ खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरेको हो।

खोला थुनिएपछि नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भएकाले स्थानीयलाई नदी तथा खोलाको किनारमा नजान र सम्भावित जोखिमबाट जोगिन भनिएको छ।

यसैगरी, मोदी खोला आसपासका बासिन्दालाई समेत सतर्कता अपनाउन आग्रह गरिएको छ। खोला थुनिएर एक्कासि पानीको बहाव बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन बाढी सूचना केन्द्रले आग्रह गरेको हो।

 

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार २१:०१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।