Logo

समाचार

लागुऔषधसहित दुई भारतीय पक्राउ



काठमाडौं । झापाको दमकबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१.२३० ग्राम खैरो हेरोइनसहित भारत बिहारका १९ वर्षीय मोहमद फारुक र २५ वर्षीय चन्दनकुमार मण्डललाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट एक थान मोबाइलसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमकमा बुझाइएको छ।

प्रकाशित मिति : २३ भाद्र २०८३, मंगलवार २१:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।