काठमाडौं । जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणलाई सम्मान गरेको छ।
सहिद परिवार तथा उनीहरूका सन्तानको शिक्षा र स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गोल्याणलाई सम्मान गरिएको समाजले जनाएको छ।
गोल्याण फाउन्डेसनले जेनजी आन्दोलनका सहिद परिवारका ३१ जना सन्तानलाई कक्षा १२ सम्मको शैक्षिक वृत्ति उपलब्ध गराउँदै आएको छ। त्यस्तै, सहिदका ४३ जना आमा–बुवालाई आजीवन स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ।
सहिद परिवारलाई राज्य र समाजले निरन्तर सम्झिनुपर्ने आवश्यकता रहेको भन्दै समाजले गोल्याण फाउन्डेसनको सहयोगलाई महत्वपूर्ण सामाजिक उत्तरदायित्वका रूपमा लिएको जनाएको छ।
सहिदका सन्तानको शिक्षामा निरन्तर सहयोग र अभिभावकको स्वास्थ्य सुरक्षाका लागि गरिएको पहलले पीडित परिवारलाई राहत पुग्ने समाजको भनाइ छ।
समाजले सहिद परिवारको सम्मान र उनीहरूको जीवनयापनमा सहयोग पुर्याउने यस्ता अभियानलाई निरन्तरता दिन निजी क्षेत्र तथा सामाजिक संस्थालाई समेत आग्रह गरेको छ।
















प्रतिक्रिया