Logo

विविध

जेन्जी सहिद दिवसको अवसरमा सुनसरीका विभिन्न स्थानमा मैनबत्ती प्रज्वलन



इनरुवा । जेन्जी सहित दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवा सहित जिल्लाका विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जेन्जी युवाले मैनबत्ती प्रज्वलन गरी दिवस मनाएका छन् ।

सदरमुकाम इनरुवा सहित कोसी, दुहबी, हरिनगर, भोक्राहा, बराहक्षेत्र, दुहबी लगायतका स्थानमा युवाहरूले भेला भई मैनबत्ती प्रज्वलन गर्दै दिवङ्गत प्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश दिएका हुन् ।

इनरुवाको लोकतान्त्रिक चौकमा भेला भएर युवाले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकालाई स्मरण गर्दै युवाको आवाज, अधिकार र भविष्यका विषयमा राज्य तथा सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा रास्वपाका जिल्ला सभापति सागर दाहाल, युवा सत्य यादव, अभिषेक खेरवार, हैदर अली लगायताको सहभागिता रहेको थियो ।

त्यसै गरी मैनबत्ती प्रज्वलन कार्यक्रममा युवा, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिको सहभागिता रहेको थियो । सहभागीले देशमा सुशासन, जबाफदेहिता, सामाजिक न्याय र युवामैत्री वातावरण निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार ०६:५६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।