रसुवा । भोटेकोशी बाढीबाट प्रभावित रसुवाका विभिन्न समुदाय, विद्यालय तथा स्थानीय तहलाई ११ थान जेनेरेटर सहयोगस्वरूप वितरण गरिएको छ।
‘सेटोप अष्ट्रेलिया’को आर्थिक सहयोगमा रसुवा–नुवाकोट पर्यटन समाजले ती जेनेरेटर वितरण गरेको हो। विद्युत् तथा सञ्चार सेवा अवरुद्ध भएका जिवजिवे, बेताङ, स्वर्यु, लोकिल, राम्चे, बेत्रावती, भोर्ले, हाकु र माथिल्लो जिवजिवेलगायतका क्षेत्रमा जेनेरेटर उपलब्ध गराइएको समाजले जनाएको छ।
जेनेरेटरबाट स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, सञ्चार सम्पर्क कायम राख्न तथा आपत्कालीन सेवा सञ्चालनमा सहयोग पुगेको छ।
त्यस्तै, आपत्कालीन उद्धार, राहत, पुनःस्थापना तथा प्रतिकार्यलाई व्यवस्थित गर्न कालिका र उत्तरगया गाउँपालिकाका आश्रयस्थलमा समेत जेनेरेटर हस्तान्तरण गरिएको छ।
बाढीका कारण सडक सम्पर्क विच्छेद भएपछि बेत्रावतीनजिकैको जंगलमा पाल टाँगेर बसिरहेका विस्थापित परिवारलाई पनि प्रत्यक्ष पुगेर जेनेरेटर उपलब्ध गराइएको समाजले जनाएको छ।
















प्रतिक्रिया