Logo

अर्थ

सुनको मूल्य तोलामा ३ हजार घट्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ घटेको छ ।

आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँ तोकेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ७९० रुपैयाँ थियो ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार ११:२७   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।