Logo

अर्थ

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब १९ करोडकाे कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १५.४३ अंकले घटेर २,५४५ को विन्दुमा कायम भएको छ ।

आज ७४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९२ कम्पनीको मूल्य घटेको छ ।

आज ४ अर्ब १९ करोड माथिको सेयर कारोबार भएको छ ।  आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको ४२ करोड ७६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।