Logo

राजनीति

‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’ – केपी ओली



काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने अवस्थामा नरहेको बताएका छन्।

गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी भएको बालकोटस्थित निवासको बुधबार निरीक्षण गर्दै ओलीले विगतमा पनि आफूहरू नभागेको र आगामी दिनमा पनि देश छाडेर नभाग्ने बताए।

‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ। यो देश हाम्रो पनि हो,’ ओलीले भने, ‘हामी अन्य ओरिजनको होइन, नेपाली ओरिजनको हो। हामी अरूले उभ्याएको होइन।’

आफूहरू नेपाली मूलका नागरिक भएको उल्लेख गर्दै ओलीले देशमा आफ्नो राजनीतिक तथा सामाजिक उपस्थिति संघर्ष र योगदानबाट स्थापित भएको दाबी गरे।

गत वर्ष भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा बालकोटस्थित ओली निवासमा आगजनी भएको थियो। घटनाबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन ओली बुधबार बालकोट पुगेका हुन्।

निवासको निरीक्षणपछि ओलीले आफूहरूलाई देशबाट विस्थापित गर्ने वा पलायन गराउने प्रयास सफल नहुने सन्देश दिएका छन्।

 

प्रकाशित मिति : २४ भाद्र २०८३, बुधबार १९:२१   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।