काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रबीच चालु आर्थिक वर्षका लागि कार्यसम्पादन करार सम्झौता भएको छ।
मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री चौधरी र सचिव मिश्रले सम्झौतापत्रमा हस्ताक्षर गर्दै एकअर्कालाई आदानप्रदान गरेका हुन्।
सम्झौतामा मन्त्रालयको नीति, कार्यक्रम तथा बजेटमा समेटिएका प्राथमिकताका काम तोकिएको समय, लागत र गुणस्तर कायम गर्दै प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयलाई प्राथमिकता दिइएको छ।
सम्झौतापछि मन्त्री चौधरीले निर्धारित लक्ष्य तथा कार्यक्रमलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्न निर्देशन दिइन्। उनले मन्त्रालयका कामलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताइन्।
















प्रतिक्रिया