Logo

समाचार

नुवाकोटको देवीघाट ५ दिन बन्यो एक्रो ब्रिज



काठमाडौं । नुवाकोटको देवीघाट क्षेत्रमा यातायात सहज बनाउन नेपाली सेनाले ५ दिन अगाडि सुरु गरेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ ।

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि सर्वसाधरणका लागि आवतजावतमा समस्या भएको थियो । सेनाको टोलीले निरन्तर खटिएर पुल जडान पूरा गरेको हो ।

नयाँ पुल जडान भएसँगै भोलिदेखि पैदल यात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने पर्सिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।

यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।

सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार ०७:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।