Logo

अर्थ

नबिल इन्भेष्टमेन्टको साधारणसभा असोज २० मा,२१.०५३ प्रतिशत लाभांश प्रस्ताव



काठमाडौं ।  नबिल इन्भेष्टमेन्ट बैंकिङले असोज २० गते वार्षिक साधारणसभा बोलाएको छ।

भदौ १८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र बोनस सेयरको कर प्रयोजनसहित ११.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई अन्तिम स्वीकृति दिनेछ।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि पेस हुनेछ।

बोनस सेयर वितरणपछि कम्पनीको जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले सोहीअनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत सभामा लगिने कम्पनीले जनाएको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ।

 

 

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार ०७:५४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।