काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन ३ लाख २ हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।
















प्रतिक्रिया