Logo

अर्थ

यशोदा फुड्स र श्रीराम टोबाकोद्धारा बाढी प्रभावितका लागि साढे ३ करोड सहयोग



काठमाडौं । यशोदा फुड्स प्रालि र श्रीराम टोबाकोले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सघाउन ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्नप्रसाद शर्माले संयुक्त रूपमा सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।

यसका साथै, बाढी प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित स्थानहरू तथा पीडितहरूलाई राखिएका आश्रयस्थलहरूमा कम्पनीले अत्यावश्यक राहत सामग्रीको रूपमा ३० लाख रुपैयाँ बराबरको करेन्ट चाउचाउ समेत सहयोग गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार ११:३६   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।