काठमाडौं । आज पनि सेयर बजार दोहोरो अंकले घटेकाे छ ।
नेप्से परिसूचक १३.८५ अंकले घटेर २,५३१ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने २०१ कम्पनीको घटेकाे छ ।
आज ४ अर्ब माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको सेयर कारोबार भएको छ । यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका हुन् ।
















प्रतिक्रिया