Logo

सुरक्षा / अपराध

पेस्तोल र गोली सहित पक्राउ   



वीरगंज महानरगपालिका११ दुर्गा टोल बस्ने सर्लाही बलरा नगरपालिका–१० सुदामा घर भएका ४९ वर्षीय जितेन्द्र प्रसाद सिंहलाई १ थान पेस्तोल, ४ राउण्ड गोली, १ थान म्यागजिन र मानिसलाई बेहोस पार्ने ५ सय एमएलको १ बोतल  सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

सिंहको घरमा अवैध हात–हतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रीपुर र बिर्ताबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : १० मंसिर २०७७, बुधबार