Logo

बैंकिंग

एनआइसी एशियाले दियो ऋण तिर्न ३५ दिने अल्टिमेटम 



एनआइसी एशियाले ऋणिहरुलाई ३५ दिन भित्र ऋण तिर्न भनेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै ११ ऋणीको कर्जा चुक्ता भुक्तानी गर्न ३५ दिने सूचना सार्वजनिक गरेको छ ।
पछिल्ला केही दिनयता बैंकले यसरी नै दिनहुँजसो ऋण तिर्न आउन ३५ दिने सूचना सार्वजनिक गरिरहेको छ । साथै आज्ञा पालनामा अटेरी गरेमा बैंकले धमाधम ऋणीको धितो लिलामी प्रक्रिया शुरु गरेको छ ।

तोकिएको समयमा ऋण चुक्ता नभएमा बैंकले धितोमा रहेको चलअचल सम्पति लिलामी तथा बिक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफूले लिनुपर्ने रकम असुलउपर गर्ने सूचनामा उल्लेख गरेर नै सूचना जारी गर्दै आएको छ । 

साथै, ऋणी तथा जमानीकर्तालाई समेत कर्जा सूचना केन्द्रको कालो सुचीमा नाम राख्ने जनाएको छ । 

बैंकले बिहीबार पनि ६ ऋणीलाई ३५ दिनभित्र ऋण कर्जा चुक्ता भुक्तान गर्ने सुचना सार्वजनिक गरेको थियो । बैंकले प्रकाशन गरेको ३५ दिने सूचनामा कृषि फर्म, उद्योग, स्टोर, सप्लायर्स कम्पनी तथा ऋणी परेका छन् ।

कतिपय र्फम तथा ऋणीहरुले  पटक पटक सम्पर्क तथा पत्राचार गर्दापनि कुनै चाँसो नदेखाएकाले यस्तो गरेको बैंकले जनाएको छ । 

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : २५ बजे