Logo

अर्थ

हिमालयन बुलीयन कम्पनी र सगरमाथा लुम्बीनी इन्स्योरेन्सबीच सम्झौता



काठमाडौं । हिमालयन बुलीयन कम्पनी र सगरमाथा लुम्बीनी इन्स्योरेन्सबीच सम्झौता भएको छ । सो अनुसार यस कम्पनीका हरेक ग्राहाकको सुरक्षाका लागि यस कम्पनी र सगरमाथा लुम्बीनी इन्स्योरेन्स कम्पनीबीच आफ्ना ग्राहाकहरुको Accidental Insurance गरिदिने सम्झौता भएको छ । सो सम्झौता अनुसार आउँदै गरेको बडा दशैंको घटस्थापनाको दिनदेखि हरेक ग्राहाकको निम्नानुसार Accidental Insurance हुनेछ ।

हिमालयन बुलीयन कम्पनी बिगत २५ बर्षदेखि गरगहना सम्बन्धी कार्य गर्दे आएको कम्पनी हो । यस कम्पनीले हरदम ग्राहाकको सुरक्षा र लगानीको बारेमा जिम्मेबारीका साथ ब्यबसाय गर्दे आएको छ । सोहि सम्बन्धमा हरेक तहको ग्राहाकहरुको सुरक्षालाई ध्यानमा राखी ३ तहको Membership Programme मा बर्गीकरण गरेको छ । जसमा Silver,Gold,Platinum का ग्राहाकहरु हुनेछन।

Silver Membership मा १ लाख रुपैयाँसम्मको Accidental Insurance हुनेछ ।
Gold Membership मा ५ लाख रुपैयाँसम्मको Accidental Insurance हुनेछ ।
Diamond Membership मा १० लाख रुपैयाँसम्मको Accidental Insurance हुनेछ ।

यसैका साथ यस कम्पनीले हरेक ग्राहाकको सुरक्षालाई ध्यानमा राखी आउँदै गरेको बडादशैंको घटस्थापनाको दिनदेखि कम्पनीका ग्राहाकहरुको सुरक्षालाई प्राथमिकतामा दिनको लागी यस कम्पनी र सगरमाथा लुम्बीनी इन्स्योरेन्सबीच सम्झौता गरिएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार ११:३२   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।