Logo

समाचार

सरकारी कर्मचारीलाई ९ प्रकारका बिदा दिने प्रस्ताव, अब महिनावारी बिदा पनि



काठमाडौं । संघीय निजामती सेवासम्बन्धी विधेयकमा सरकारी कर्मचारीले पाउने बिदाको संख्या बढाएर ९ प्रकार बनाउने प्रस्ताव गरिएको छ।

यसअघि सरकारी कर्मचारीले ८ प्रकारका बिदा पाउँदै आएका थिए। प्रस्तावित विधेयकमा महिला कर्मचारीका लागि महिनावारी (रजश्वला) बिदा थप गर्ने व्यवस्था गरिएको हो।

सरकारी कर्मचारीले भैपरी आउने, घर, मातृत्व तथा प्रसूति, प्रसूति स्याहार, मृत्यु संस्कार, अध्ययन र असाधारण गरी विभिन्न प्रकारका बिदा पाउँदै आएका छन्। विधेयक पारित भएमा त्यसमा महिनावारी बिदासमेत थपिनेछ।

तर प्रस्तावित व्यवस्थामा महिनावारी बिदा कति दिन उपलब्ध गराउने भन्ने स्पष्ट खुलाइएको छैन।

प्रकाशित मिति : १५ आश्विन २०८३, बिहीबार १६:३३   :  बजे

120
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।